२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाबाट ‘रिज्वाइस’ ल्याउँदै थपलिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajan-Thapaliya अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली युवा लेखक तथा विद्यार्थीले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न ‘रिज्वाइस’ मार्फत आउने भएका छन् ।

अमेरिकाको न्यूयोर्क निबासी लोकप्रिय युवा लेखक राजन थपलिया आफ्नो ९ औ कृति ‘रिज्वाइस’ लिएर लाखौ पाठकहरु माझ आएका छन् ।उनको यो कृति ‘कृयटस्पेस’ प्रकाशन गृहले प्रकाशित गर्न लागेको हो । साउथ क्यारोलिनामा अबस्थित उक्त प्रकाशन अमेरिकामा राम्रा भनिने प्रकाशन अन्तर्गत पर्दछ ।

जहाँबाट हजारौ नाम चलेका पुस्तकहरुका साथै कयौ प्रख्यात लेखक जन्मिएका छन् । उक्त पुस्तकको प्री–अर्डर बापत नेपाली ६० हजार अर्थात ६ सय डलर बिशेष गरी धादिङ र गोर्खाका भूकम्पपीडितहरुलाई आइतबार प्रदान गरिने छ।

त्यसपछी ‘रिज्वाइस’को बिक्रीबाट उठेको सम्पुर्ण रकम नेपालका भूकम्प पीडितलाई प्रदान गरिनेछ । शनिबारबाट सार्वजनिक गरिएको उक्त पुस्तक बिश्वप्रसिद्ध बुक स्टोर ‘बार्न्सएन्डनोबल’मा सोमबारबाट नै बिक्री बितरण हुनेछ । लोकप्रिय अनलाईन इबे, अमेजनमा आइतबारदेखी नै खरिद गर्न सकिने छ । ३ हप्तापछी युरोपका बिभिन्न सहरहरुबाट बितरण कार्य हुनेछ ।

rejoice (1)त्यस्तै १ महिनापछी भारतको मुम्बईबाट समेत उक्त पुस्तक खरिद गर्न सकिनेछ । उक्त पुस्तकको बिषयमा लेखक राजन थपलिया भन्नुहुन्छ–‘रिज्वाइसको मतलब आनन्द हो । जीबनमा मान्छेले जे गरेपनि, दुनिँयामा जे खोजेपनि आखिर त्यही आनन्द्, त्यही खुशीको एहेसास खोजीरहेको हुन्छ । दुनियामा भौतारिन्छ तर आखिर त्यो आनन्द भन्ने कुरा आफैभित्र हुन्छ ।

जीवन त जिउछौ तर आफुभित्र के छ त्यो खोज्दैनौ । जब आफुलाई चिन्दैनौ अनि त्यो आनन्द्, त्यो खुशी दुनिँयामा खोजेर कही भेटिदैन । हो, त्यही खुशी भेट्ने माध्याम हो ‘रिज्वाइस’ आफु भित्र के छ त त्यस्को परिचय गराइ दिने माध्याम हो रिज्वाइस ।

मान्छेको जीवन्, मान्छेको आत्मा, साथै भगवान प्रतिको आस्थालाई सरल कबिताको माध्यमबाट प्रस्तुत गरिएको छ । अग्रेजी साहित्यका बिद्वान डा. गेरी पौलद्वारा सम्पादित पुस्तक ‘रिज्वाइ’ एक सशक्त किताब बनेको कुरा लेखक राजन थपलिया बताउनुहुन्छ ।

यो किताबलाई कुनै बर्ग बिषेशलाई लक्षित गरेर लेखिएको छैन तरपनि आस्तिक भाब भएका ब्यक्तीहरुलाई यो किताबले अझै मनमा राम्रो छाप छोड्ने कुरा मुनरोकलेजको प्रोफेसर फिउराली गेल बताउनुहुन्छ ।

जहाँ रहेपनि स्वदेशको माटो सधै प्यारो हुन्छ ।आफुले सकेको जती सेवा गर्नु एक असल नागरिकको कर्तब्य पनि हो । आज देशमा महाबिपत्ति पर्दा प्रवासमा रहने सबैलाई छट्पटी भइरहेको छ । आफ्नो तर्फबाट के सहयोग गर्न सकिन्छ सबैले प्रयास गरिरहनुभएको छ ।

बिगतमा फुटेका भएपनि यस्तो अवस्थामा जुट्नुपर्ने बेला आएको छ ।मैले गर्न खोजेको सहयोग सानो होला तर पनि म जस्ता हजारौ युवा साथीभाइहरुले अभियानकै रुपमा अघी बढाउदै जाने हो भने हामी कमजोर भएर बस्नुपर्दैन ।

हाम्रो देश हामी आफै बनाउन सक्छौ अरुको भर पर्नुपर्दैन । राजन थपलिया लामो समयदेखी अमेरिकामा हुनुहुन्छ । मेडिकल साइन्सका बिद्यार्थी साथै लोकप्रिय पुस्तक ‘लाईफ इज नट प्रोबलम, लाईफ इज नट इजी, स्विटस्पिचेज, सिम्पलरुल्स’, टर्निङपोइन्टका लेखक हुनुहुन्छ ।