
लन्डन, ४ कात्तिक । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।
‘अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ,’ अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री नियुक्त हुनुअघि गरेको घोषणााअनुरुप काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

उनलाई राजीनामा दिन आफ्नै पार्टीका नेताहरुले दबाव दिइरहेका थिए । बेलायतको इतिहासमा लिज सबैभन्दा छोटो समय प्रधानमन्त्री पदमा रहेर बाहिरिने प्रधानमन्त्री बनेकी छिन् ।















प्रतिक्रिया