– गणेश गिरी
पर्वत, २६ वैशाख । कुश्मा नगरपालिका वडा न ६ को अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले शोभाखर उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको गठन गरेको छ ।
यसैगरी उपाध्यक्षमा दलबहादुर क्षेत्री, सचिव सुकबहादुर गुरुङ, उप सचिव त्रिभुवन शर्मा रहेका छन् । अधिवेशनको उदघाटन शत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले पर्वतका अध्यक्ष पदम गिरीले एमाले पर्वतलाई संगठीत र मजबुद बनाउने अभियानमा सवैले साथ दिनुपर्ने बताए ।
गिरीले देशमा महाविपत्ति परेको बेला सवैलाई मिलेर सामना गर्न आग्रह गर्दै देशमा परेको विपत्तिमा एक आपसमा सहयोग गर्न एमालेका कार्यकर्ताहरुलाई अनुरोध पनि गरे ।
एमालेका जिल्ला देखि गाउँ तहसम्मका कार्यकर्ताले महाभूकम्पको बेलामा गाउँ देखि राष्ट्रिय तहमा राहत र उद्धारमा विशेष भुमिका खेलेको बताए । कार्यक्रममा भुकम्पबाट पिडित परिवारहरुका लागि एमालेको तर्फबाट अध्यक्ष गिरीले त्रिपाल समेत वितरण गरेका थिए ।
उद्घाटन शत्रमा उपाध्यक्ष भक्त कुवंर, सचिव पदमपाणी शर्मा, बुद्धिजीवि परिषद केन्द्रिय सल्लाहकार सदस्य देवराज शर्मा, बुद्धिजीवि परिषद कास्कीका सदस्य खडक बहादुर गुरुङ, सुकबहादुर गुरुङ, एमाले नेताहरु बाबुराम सुवेदी, देवेन्द्रराज पाण्डेय, शोभाखर उपाध्याय, यमनाथ शर्मा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा एक दर्जन बढी कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरु जायश्वर शर्मा, रामप्रसाद शर्मा, हरीप्रसाद शर्मा, हरी विक लगायतका छन् ।















प्रतिक्रिया