३ मंसिर २०८३, बिहिबार

कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेका छन् ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन पुनः पक्राउ परेका हुन् ।

यसअघि कोरोना संक्रमित भएपछि साधारण तारेखमा रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अदालतमा प्रक्रिया अघि बढिसकेकाले उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज सार्वजनिक विदा भएकाले अपूर्वलाई भोलि बुधबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग छ ।