– नरेश केसी
भैरहवा, २७ वैशाख । ‘मुरै कैसे हो चाचा ? ५ रुपैँया । प्याज कैसे हो ? २४ रुपैँया । एक एक किलो मुरै और प्याज दिहल जा । कितना भइल । २९ रुपैँया ।’ यो सम्बाद हो रुपन्देहीको दक्षिणी भागमा पर्ने सीमावर्ती करौता, मर्चवारको । एक विहीवारे हाटमा यो सम्वाद र हाट व्यवसायी बीच भोजपुरी भाषामा भएको सम्बाद ।
सो हाटमा नेपाली रुपैँयाको कारोबार नै हुँदैन रे भन्ने थाहा पाएर हामी त्यस तर्फ गएका थियौं । भैरहवावाट करिब ३५ किलोमिटर दक्षिणमा पर्ने सो बजारमा पुगेपछि हामीले ग्राहकको रुपमा केही समान किन्न थाल्यौं ।
समानहरुको मूल्य सोध्यौं । समानको मूल्य तिर्ने समयमा २९ रुपैँया नेपाली निकालेर दिदा व्यवसायीले लिन मानेनन । उनले भारतीय रुपैँया मागे । हामीले हामीसँग भारु छैन नेपाली छ के गर्ने त भनेपछि त्यसोभए ४२ रुपैँया नेपाली दिनुस भनेपछि हामीले सो समान खरिद गरेर अगाडी बढ्यौं ।
मान्छेहरु हाटमा समान किन्ने लाइनमा थिए । सबै स्थानीय भोजपुरी भाषामा कुराकानी गरिरहेका थिए । हामीले पनि त्यहि मेसोमा धेरै समानको मूल्य सोध्यौं । सबैले मूल्य भन्थे ।
अनि पछी हामीले सोध्दा आई सी (भारु) होकी एनसी (नेरु) भन्दा आई सी भन्थे । हप्तामा तिन दिन आइतबार, मंगलबार र विहीवार लाग्ने हाटमा भेटिका मुडुलाका ५१ बर्षीय विश्वनाथ गुप्ताले आफुले थाहा पाएदेखी नै सीमावर्ती क्षेत्रमा लाग्ने हाटमा भारुको नै कारोबार हुने गरेको बताए ।
नेपाल भारत सीमावर्ती क्षेत्रमा सबै ठाउँमा भारतीय रुपैँयाको कारोबार प्राचिनकाल देखी नै हुने गरेको सो क्षेत्रका अगुवाहरु बताउँछन् । स्थानिय मुडुला माविका अध्यक्ष समेत रहेका समाजसेवी कमलापति यादवका अनुसार मर्चवार क्षेत्रमा लाग्ने १ दर्जन जत्ति यी हाटमा परापुर्वकालदेखी नै भारुको कारोबार हुने गरेको छ । उनले भने–‘पहिले पहिले नेपाली नै चल्दैन्थ्यो । अहिले नेपाली रुपैँया चाँहि चल्छ । तर मूल्य भन्दा भारु मै व्यवसयाीले भन्ने गर्दछन् ।’
नेपाल भारत सीमावर्ती सो क्षेत्रमा हुने सबै कारोबार भारतीय रुपैँयामा हुने गरेको छ । खुल्ला सीमानाका कारण भारतीय बजारमा पाइने दैनिक उपभोग्य बस्तु सस्तो मूल्यमा नेपाली बजारमा भित्रिने गरेको छ ।
प्रहरी प्रशासनको पनि उपस्थिती कमजोर देखिदा सो क्षेत्रमा विना भन्सार भारतीय वस्तु नेपाल भित्रिन्छ । हेर्दा लाग्दछ भारतीय समान नेपाली ग्राहक जस्तै छ यसको व्यवस्थापन गर्नु जरुरी भएको सोही क्षेत्रमा रहेर लामो समयदेखी पत्रकारिता गर्दै आएका राजकुमार धवंलको बुझाई छ ।
१६ वटा गाविस भएको रुपन्देहीको क्षेत्र नम्बर २ रहेको सो क्षेत्रलाई आधार बनाएर क्रियाशील पत्रकारीता गरिरहेका धवंलले सीमावर्ती क्षेत्र रायपुर, करौता, सेमरा, रोइनीहवा, कदमहवामा लाग्ने हाटमा मूल्य भन्दा व्यापारीले भारु नै भन्ने गरेका छन् ।
भारतीय व्यापारीहरुले नेपाल भारत एउटै देश हो समेत भन्ने गरेका छन् । ‘भारत र नेपालबीच के फरक दुबै एकै देश हुन्, भारु नै चलाउनुपर्छ ।’ यसरी व्यापारीहरुले जवाफ फर्काउने गर्छन् ।
















प्रतिक्रिया