२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई ढोरपाटन बुर्तिबाङ समाज कतारको ६ लाख राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhoorpatanदोहा, कतार । ढोरपाटन बुर्तिबाङ सेवा समाजको दोहामा बसेको कार्यसमितिको मासिक बैठकले ६ लाख रुपैँया भूकम्प पीडितलाई राहत दिने निर्णय गरेको छ ।

संस्थापक अध्यक्ष दीपक कुमार अदैको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।अहिले महाभूकम्पको महाबिपत्तिको पीडा राष्ट्रको भएको हुँदा २ लाख रुपैँया प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको छ ।

एक लाख रुपैया अधिकारिचौर घर भएका यसै सस्थाको सचिब श्जित बहादुर क्षेत्रीको भाइ दिल बहादुर क्षेत्रीको ७ तले घर पूर्ण रुपमा क्षति भएकाले उहाँलाई राहतस्वरुप, पचास हजार रुपैँया अधिकारीचौर घर भएका बाल बहादुर घर्तिलाई दिने निर्णय बैठकले गरेको छ ।

भूकम्पमा परी ढोरपाटन क्षेत्रका आठ जनाको निधन भएकाले बैठकले उनीहरूप्रति श्रद्धान्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति हार्दिक समबेदना व्यक्त गरेको छ ।

निधन हुने बोवाङका प्रज्वल अदै,देबिस्थानकी मिना के।सी, निशीकी ताल्माया घर्ति, निशीकै
सृस्ती घर्ति, खुंगाका दिनेश गोतामे, मनोज गोतामे, कृतिमला गोतामे, कुमार हर्मेलकी प्रत्येक परिवारहरुलाई २० हजारको रूपैयाँको दरले सहयोग दिने निर्णय बैठकले गर्यो ।

समाजले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना स्वरुप बोवाङका ताजेन्द्र बिक, अधिकारिचौरका प्रिया घर्ति र प्रियंका घर्ति, निसीका सुमन घर्तिका प्रत्येकलाई १० हजारको दरमा सहयोग दिने निर्णय गरेको छ ।

बैठकले आशिक घर क्षति पुगेका बुर्तिवाङ रिनामकी ओम कुमारी उपाध्यको परिवारलाई १० हजार सहयोग गर्ने निर्णय भएको छ ।

साथै यस अघि बुर्तिवाङको सोरबोटमा भएको आगलागी पीडितलाइ ४५ हजार,कतारमा घैयाखानी ३ अधिकारीचौर दुर्घटनामा परि मृत्यु हुने सन्ते कामीको परिवारलाई ४० हजार र अधिकारीचौर ४ कुदुममा घर भएका आगलागी पिडित ढाल बहादुर भण्डारीको परिवारलाई आर्थिक सहयोग गरेको थियो ।