५ कार्तिक २०८३, बिहिबार

राहत सामग्री कसले लुट्यो, रेणु की हिसिलाले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hisila-yami-renu-dahalकाठमाडौं, २६ वैशााख । भूकम्प पीडितको लागि भारतबाट आएको सामान लुटेको आरोप लागेको प्रचण्ड पुत्री रेणु दाहालले उक्त सामान नलुटेको र त्यसको सम्पूर्ण जिम्मेवारी हिसिला यमीले लिनुपर्ने बताएकी छिन् ।

प्रचण्ड पुत्री रेणुले सञ्चारकर्मीसँग कुराकानी गर्दै हिसिलाको इसारामा काम गरेकाले आफुनो कुनै पनि दोष नरहेको बताएकी हुन् ।

भारतको गुजारातबाट गोरखाको लागि आएको दुई ट्रक राहत सामाग्री दाहालले लुटेको आरोप लागेको थियो । रेणुले भनेकी छिन्–‘हो ज्योती झाले मलाई नै सामान दिएकी हुन् । हिसिला यमी पार्टीको राहत वितरण तथा अनुगमन समितिको काठमाडौं इन्चार्ज हुनुहुन्छ । उहाँले नै फोन गरेर सामान लिन भनेपछि लिएकी हुँ । मैले त ज्योती झालाई पनि चिनेकी थिईन् । त्यो सामान हामीले वितरण गर्यौँ ।’

रेणुले दुई वटा ट्रकमा २ सय २७ पोका सामान रहेको र त्यस पोकाभित्र दुई वटा स–साना कम्बल, एउटा प्लाष्टिकको त्रिपाल, दुई वटा गुन्द्री, एउटा बाल्टी, दुई वट ग्यालिन, टुथपेष्ट, ब्रस, साबुन र एक सेट कुर्ता सलवार जस्तो कपडा रहेको बताएकी छिन् ।

उनले उक्त सामान काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका अतिप्रभावित क्षेत्रमा बाँडेको समेत उल्लेख गरेकी छिन् । यसमा थप स्पष्टिकरण हिसिलाले दिनु पर्ने भन्दै उनी पन्छिएकी छिन् ।

‘खबर आउँदासम्म सामान कसले, कसका लागि पठाएको हो भन्ने थाहा थिएन । सिमानामा सामान आएपछि ९८००९०५६४७ नम्बरबाट कल आयो’, रणुले भनेकी छिन्, ‘उनले मलाई तपाईं प्रकाशको दिदी हो ? भनेर सोधे । ज्योती झाले नम्बर दिएको भनेका थिए । उनको लवज भारतीयको जस्तो थियो । उनले आधा नेपाली र आधा हिन्दीमा बोलेका थिए । उनले सामान काठमाडौंको लागि आएको बताएका थिए । सामान बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केद्रसँगैको ट्रली बस कार्यालयबाट म, हिमाल शर्मा लगायतले सामान लिएको हौँ ।’

उनले सामान बाँडेकै दिन बोर्डरबाट रातको १२ बजे फोन गरी गोरखाका लागि आएको सामान मिस्टेक्ली काठमाडौं पुगेछ भनेर फर्काउन आग्रह गरेको पनि उनले बताएकी छिन् । भनेकी छिन्, ‘कृपया सामान फिर्ता दिनुस् भने ।

यस्तो विपदका बेला आएको सामान कतै जम्मा गरेर राखिरहने कुरा हुदैनथ्यो । हामीले बाँडिसक्यौं । ढिला खबर गर्नुभयो । हामीले मागेका थिएनौं, तपाईंहरुले आफैंले फोन गरेर सामान पठाउनुभएको हो । यसबारेमा हिसिला यमी र ज्योती झासँग कुरा गर्नुस् भन्दा ती मानिस आत्तिए जसरी बोलेका थिए ।’ हिसिला यमीलाई यसबारे प्रष्ट्याउन पटक पटक आग्रह गरे पनि उनले उनले नमानेको समेत रेणुले बताएकी छिन् ।