३ कार्तिक २०८३, मंगलबार

युरोपमा औसतभन्दा बढी गर्मी : मौसमविद्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, २७ असोज । युरोपमा यस वर्षको अन्त्यअघि मौसममा अत्यधिक चिसो हुने सम्भावना भए पनि समग्रमा औसतभन्दा बढी तातो हुने सम्भावना रहेको यूरोपको मौसम पूर्वानुमानकर्ताहरूले बिहीबार बताएका छन् ।

यो जाडोमा तापक्रम यहाँका बासिन्दाहरूको लागि महत्वपूर्ण हुनेछ किनकि त्यहाँरूसी निर्णयका कारण औसतभन्दा निकै कम इन्धन आपुर्ति हुनेछ । र इन्धन अभावका कारण घरहरू तताउने लागतको बारेमा चिन्तित छ ।

युरोपेली ‘सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट’ ९ईसीएमडब्लुएफ० का लागि मौसमी पूर्वानुमान तयार गर्ने कोपर्निकस जलबायु परिवर्तन सेवा विभागका निर्देशक कार्लो बुओनटेम्पोले भने, “यस बर्ष हामीले जाडो सामान्यभन्दा बढी तातो भएको देख्नेछौं ।”

बुओनटेम्पोले भने, “नोभेम्बरमा यो सम्भावना बढी देखिन्थ्यो, तर अब डिसेम्बरमा चिसोको प्रकोप को स्पष्ट संभावना देखिन्छ ।”

मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा तापक्रम सतहको तापक्रमसँग सम्बन्धित ‘ला नीना’ विश्वव्यापी मौसम घटनाको कारण युरोपेली जाडो सामान्य भन्दा बढी तातो हुने अपेक्षा गरिएको थियो ।

एजेन्सीले अर्को महिना आफ्नो जाडो मौसमको पूर्वानुमान अद्यावधिक गर्नेछ । एएफपी