ताप्लेजुङ, २६ वैशाख । मोस्ट वाण्टेटमा रहेका अपराधीलाई पक्राउ गर्न गएको प्रहरी र अपराधीबीच ताप्लेजुङमा भीडन्त भएको छ । ताप्लेजुङको साँवा गाविसमा मण्डेला लिम्बूलाई पक्राउ गर्न गएको प्रहरी र अपराधीबीच शनिबार बिहान गोली हानाहान भएको हो ।
मण्डेला लिम्बूलाई पक्राउ गर्न गएका प्रहरीले घेरा हालेर उनको घरमा घेरा हालेर आत्मसमर्पण आवाज दिएका थिए । घर घेरेको थाहा पाएपछि मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट भागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।
डिएसपी कोइरालाले मण्डेला गाउँमा आएर आंतक मच्चाउने र जंगलका गोठतिर भाग्ने गरेको भन्दै उनलाई पक्राउ गर्न ३ पटकको प्रयास सफल हुन नसकेको बताउनुभयो । मण्डेलाले काठमाडौंमा स्नातक तह पढ्दै गरेका स्थानीय राम तामाङको विवाह भोजमा हत्या गरेका थिए । अदालतले उनलाई दोषी ठहर गरेको छ ।
डिएसपी कोइरालाले भौगोलिक विकटताका कारण केहि समस्या भएको भन्दै उनलाई कुनै हालतमा पक्राउ गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभयो । ‘नयाँ रणनीति बनाएर भएपनि पक्राउ गरेरै छोड्छौं,’ डिएसपी कोइरालाले भने ।












प्रतिक्रिया