काठमाडौं, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको माओवादीले पुत्ला जलाएको छ । माओवादीको प्रभाव क्षेत्र छत्तिसगढका विभिन्न स्थानमा विद्रोही माओवादीले शुक्रबार र शनिवार प्रधानमन्त्री मोदी र मुख्यमन्त्री रमन सिंहको पुत्ला जलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले शनिवार माओवादीको आधार इलाका छत्तिसगढको दन्तेवाडामा भ्रमण गर्दैछन् । मोदी आफ्नो क्षेत्रमा आउने भएपछि त्यसको विरोधमा माओवादीका लडाकुहरुले सडक बन्द गराएर पुत्ला जलाएका हुन् ।
प्रधानमन्त्री भएपछि नरेन्द्र मोदी पहिलोपटक आज छत्तिसगढको माओवादी प्रभावित क्षेत्र दन्तेवाडामा पुग्दैछन् । मोदीको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
भारत सरकारले त्यस क्षेत्रमा अहिले सुरक्षा व्यवस्था सबैभन्दा कडा पारेको छ । माओवादीले मोदीको भ्रमणको एक अगाडि शुक्रबार पखान्जुर–भानुुप्रताप राजमार्ग समेत बन्द गरेको थियो । यसअघि सोही क्षेत्रमा माओवादीले कांग्रेसका नेता तथा पूर्वमन्त्रीमाथि आक्रमण गरी हत्या गरेको थियो । एजेन्सी















प्रतिक्रिया