२९ आश्विन २०८३, बिहिबार

पूर्व सरकारका दुई मन्त्रीले चामल बाँड्ने भन्दै भष्ट्राचार गरेको रहस्य खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैङकक, २६ वैशाख । थाइल्यान्डको सेनाले नियुक्त गरेको संसदले शुक्रबार पूर्व वाणिज्यमन्त्री तथा उहाँका सहयोगीलाई चामल सम्झौतामा भ्रष्टाचार गरेको आरोपमा महाभियोग लगाउने निर्णय गरेको छ । यस मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाले यो सम्झौता नै नभएको दाबी गरेको छ ।

राष्ट्रिय संसदीय सभाका सदस्यहरूले पूर्व वाणिज्यमन्त्री बुनसोङ तेरियापिरोम तथा उहाँका सहायक पुम सारापोललाई महाभियोग लगाउने निर्णय गरी मतदान गरेको हो । यस मुलुकको भ्रष्टाचार नियन्त्रण आयोगले सरकारीस्तरमा भएको भनिएको यो सम्झौता वास्तवमा नभएको दाबी गरेको छ ।

सांसदहरूले विदेश व्यापार विभागका पूर्व निर्देशक मानस सोथोङले उक्त चामल तत्कालिन प्रधानमन्त्री यिङलक सिनावात्राको सरकारसँग नजिकको सम्बन्ध रहेको संस्थालाई पुनः बिक्री गरेको भनी यस काण्डमा संलग्न भएको भनी निजमाथि पनि महाभियोग लगाएका छन् ।

यी तीनै व्यक्तिलाई पाँच वर्षसम्म राजनीतिमा संलग्न हुन र सरकारी पद प्राप्त गर्न प्रतिबन्ध लागेको छ ।

एनएलएका सदस्यहरूलाई सैनिक सरकारले नियुक्त गरेको हो । सेनाले गत मे महिनामा नागरिक सरकारलाई हटाएको थियो । यस संसदले पूर्व प्रधानमन्त्री यिङलकले पनि चामलमा अनुदान दिइ अरबौँ अमेरिकी डलर बराबर क्षति पु¥याएको भनी महाभियोग लगाएको थियो ।

पूर्व प्रधानमन्त्री यिङलक तथा उहाँका समर्थकहरूले यस महाभियोगबाट उहाँ तथा उहाँको दललाई राजनीतिक शक्तिबाट पाखा लगाउने प्रयास भएको आरोप लगाएका छन् । रासस/एपी