२९ आश्विन २०८३, बिहिबार

नेपालका भूकम्प पीडितका लागि चेल्सी र लिभरपुलले खेले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायतको अल्डरसटमा बिहीबार यु-२१ इङ्लिस लिगमा भिड्दै चेल्सी र लिभरपुलका खेलाडी।  तस्बिर सौजन्य :मिलन तमु/युके
काठमाडौं, २६ वैशाख । नेपालका भूकम्पपीडितको सहयोगार्थ समर्पित यु–२१ लिगको खेलमा डोमिनिक सोलान्केको ह्याट्रिकप्रेरित चेल्सीले बिहीबार लिभरपुललाई ४–३ ले हराउँदै शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडसँग दुरी कम गरेको छ।
१६औं मिनेटमा पहिलो गोल गरेका सोलान्केले ७६औं मिनेटमा ह्याटि्रक पूरा गरेका थिए। उनले दोस्रो गोल २९औं मिनेट गरेका थिए। अर्को गोल एलेक्स कियोम्याले ३३औं मिनेटमा गरे। लिभरपुलबाट भने जेरोमी सिनक्लियर र कामेरुन ब्रानगनले गोल गरेका थिए।

यु–२१ चेल्सी र लिभरपुलबीचको यस खेलबाट संकलित रकम चेल्सी फाउन्डेसनले वैशाख १२ मागोरखाको बारपाक केन्द्रबिन्दु भईगएको विनाशकारी भूकम्प पीडितको सहयोगार्थ राहत कोषमा जम्मा गर्ने जनाएको थियो। तर चेल्सी फाउन्डेसनले यस खेलबाट कति रकम संकलन भएको बारे केही खुलासा गरेको छैन।

Uited2

नेपालीको बाक्लो बस्ती रहेको अल्डरसटमा भएको खेलको टिकट मूल्य तीन पाउन्ड राखिएको थियो भने बालबालिका लागि १ पाउन्डको टिकट तोकिएको थियो। बेलायतमा बसोवास गर्ने नेपालीको संस्था सहारा युकेसँगको सहकार्यमा खेल गराइएको थियो।

United33

सहारा युके पोखरामा अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई एकेडेमीमा राखेर फुटबल प्रशिक्षण गराइरहेको सहारा क्लबको बेलायत प्रतिनिधि हो। चेल्सी फाउन्डेसनले टिकट बाहेक अन्य दाताका लागि रंगशाला बाहिर पनि रकम संकलन बाकस राखेको थियो।

United3

नेपालको भूकम्पपीडितको सहयोगका लागि रियाल मड्रिड तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अपिल गरेका थिए। उनले भूकम्प प्रभावित बच्चाका लागि सेभ द चिल्ड्रेनमार्फत सहयोग गर्ने फेसबुक पेजमा लेखेकाछन्। सेभ द चिल्ड्रेनले नेपालमा १९७६ देखि काम गर्दै आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।