विराटनगर, २६ वैशाख । मोरङ जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबारसम्ममा प्रधानमन्त्री देवीप्रकोप उद्धार कोषमा करिब रु ६८ लाख दाखिला भएको छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदाले रु आठ लाख ११ हजार १११ को चेक प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई शुक्रबार हस्तान्तरण गर्नुभयो । उक्त कोषमा मोरङका उद्योगपति, व्यवसायीले व्यक्तिगत र संस्थागत रुपमा रकम जम्मा गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पर्वत जिल्लाबाट रु ४२ लाख २१ हजार राहत रकम जम्मा गरिएको छ । जिल्लामा कार्यरत कर्मचारी र सुरक्षाकर्मीबाट राहत रकम जम्मा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय, सीप विकास तालिम केन्द्र र जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयको रकम कार्यालय प्रमुख नभएकाले जम्मा भएको छैन । जम्मा भएको रकम सरकारले भूकम्पपीडितको राहत र संरचना पुनःनिर्माणमा खर्च गर्नेछ । रासस















प्रतिक्रिया