३ कार्तिक २०८३, मंगलबार

मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि सडक नाटक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, २४ असोज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ ।

सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

‘हाम्रो राष्ट्रिय प्रथामिकता सबैको निम्ती मासिक स्वास्थ्य’ भन्ने नारासहित सदरमुकामस्थित गणेशचोकमा आयोजना भएको कार्यक्रममा विभिन्न सचेतनामुलुक नाटक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य निरीक्षक आइतबहादुर राईले जानकारी दिए ।

विश्वभर विकरल रूपमा फैलिरहेको मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरणका लागि सचेतना अभिबृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको राइको भनाई छ ।

सेन्ट्ल फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ नेपाल र ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगासँगको सहयोगमा भएको कार्यक्रम नगरउपप्रमुख केदरबाबु वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

सचेतना कार्यक्रममा नगरभित्रका वडा अध्यक्ष, कार्यालय प्रमुख, सरोकारवाला लगायत उपस्थित थिए । त्यस्तै, कार्यक्रममा ओखलढुंगा हेल्थ साइन्स नर्सिंगका विद्यार्थीहरूले सडक नाटक प्रस्तुत गरे ।

कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् । वर्ष २०२२ को विश्व मानसिक स्वास्थ दिवसको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने तय भएको थियो ।

सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।