
मकवानपुर, २४ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू सूर्य ध्वजाबाहक ठूलो परिवारको सदस्य भएको बताएका छन् ।
नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थापाले मनोनयन दर्ता गरेको भोलिपल्ट आज सो कुरा बताएका हुन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउन आज मकवानपुर एमालेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी थापाले भने, ‘अब म सूर्य ध्वजाबाहक ठूलो परिवारको सदस्यको रुपमा रहेको छु ।’
एमालेजस्तो गौरवशाली राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनाव चिह्न सूर्यबाट चुनाव लड्न पाउनु आफ्नो लागि सौभाग्य नै भएको थापाको भनाइ छ ।















प्रतिक्रिया