
काठमाडौं, २४ असोज । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ सय ६७ पीसीआर परीक्षणका क्रममा २५ जना र ६ सय ७९ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २६ जना निको भएका छन् । हाल नेपालमा ५६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया