
रुपन्देही, २४ असोज । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेको उम्मेदवारीले आधिकारिकता पाएका छन् ।
हिजो आइतबार उक्त निर्वाचन क्षेत्रमा एमालेकै बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी पर्दा पहिला दर्ता गराउनेले आधिकारिकता पाउने निर्वाचन निर्देशिका–२०७८ को व्यवस्था अनुसार घिमिरे एमालेको आधिकारिक उम्मेदवार बनेका हुन् ।
घिमिरेले हिजो दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।















प्रतिक्रिया