धुन्चे (रसुवा), २६ वैशाख । लाङटाङ गाविसमा गएराति थप हिमपहिरो गएको छ । हिमपहिरोको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।
वैशाख १२ गते विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले १०० भन्दा बढी घरमा क्षति पुर्याउनुका साथै १८३ स्थानीयवासी र सयौँ पर्यटक पहिरोले पुरी हराएका थिए । उनीहरुको खोज उद्धारका लागि गएका नेपाली सेना, नेपाल प्रहरी सुरक्षित रहेको खबर आएको जानकारी उहाँले दिनुभयो ।
गएराति ३ बजेर ८ मिनेटमा रसुवालाई केन्द्रविन्दु बनाएर ४ं.१ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि हिमपहिरो खसेको र त्यहाँ उद्दारका लागि खटिएका तथा हराईरहेका पर्यटक पुरिएको आशंका गरिएको छ । रासस












प्रतिक्रिया