
काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।
एमालेका पोलिटब्युरो सदस्य समेत रहेका ढुंगेल आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । बाथरुममा लडेर निधन भएको हुनसक्ने एक एमाले नेताले जानकारी दिए ।
परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको निवासमा एमाले नेता कार्यताको बाक्लो उपस्थिति रहेको छ । शव बाथरुममै रहेको र प्रहरी घटनास्थलमा पुगेका बताइएको छ ।
लामो समय जेलमा रहँदा ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित रहेका थिए । तत्कालीन नेकपाको एकता भंग हुँदा ढुंगेल एमालेमानै बसेका थिए ।
ढुंगेल सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेल बसेर छुटेका थिए । ढुंगेल २०६४ सालमा भएको पहिलो संंविधान सभा सदस्यमा ओखलढुंगाबाट निर्वाचित भएका थिए ।











प्रतिक्रिया