२९ आश्विन २०८३, बिहिबार

स्वाभिमान बेचेर अमेरिका जान्न

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandip

रत्ननगर–१५ का नारायण बास्तोलादेखी माडी कल्याणपुरकी सुजता क्षेत्रीसम्मकोे सपनाको सहर अमेरिका हो । नारायणलाई चौंथो पटक पनी डिभी परेन । परोस् पनि त कसरी, भर्नै ८० लाख हुन्छन् पर्ने ४ हजार । फेरी चाउचाउ किन्दा नुन नपर्ने अभागिलाई डिभी कहाँबाट परोस् । यो डिभी र चिठ्ठा दुवै उस्तै हुन् । डिभी भर्ने र चिठ्ठा काट्ने हजारैं हुन्छन्, पर्ने एकाध दुई मात्रै । उनीहरु अमेरिकाको लागि योग्य ठान्दै हरेक बर्ष लाखौं नेपाली जस्तै डिभी भर्नेको लाईनमा बस्छन्, र बेच्छन् आफ्नो स्वाभिमान् । खुब लालाहित छन्, आफ्नो देशभक्ती बेच्न ।

उनले अझै हरेश खाएका छैनन्, उनी डिभी भनेर जान नपाएपनी पैसा कमाउने मेसोमा खाडीकै अन्य देशमा जान चाहन्छन् । उनलाई अमेरिका गएर त्यहाँ आफूलाई सुख सयलको जिन्दगी जिउन खुब रहर छ । उनी भन्छन्,– ‘मलाई पैसा कमाउनु छ, नेपालमा राम्रो अबसर छैन खाडीमै गएर भएपनि पैसा कमाउन चाहन्छु ।’

 मैले कहिल्यैपनि ईडीभी भरिन, अझै भनौं राष्ट्र त्यागको राजिनामामा हस्ताक्षर गरिन् । मलाई भने यि कुराहरुले कहिल्यै पनि छोएन । गाँउको डाक्टर पढेको जीवन जापान गयो, साईन्स पढेको पवन अमेरिका गयो, मनोज बहराईन जाने तर्खरमा छ तर म भने यहि १६ घण्टे लोडसेडिङ भएको मेरो प्यारो नेपाल भन्दै यहि बसेको छु ।

नारायणजस्तै सुजता पनि यही ध्याउन्नमा छे । माडीमा जन्मेर उतै हुर्किएकी सुजताले सोचेको अमेरिका बसन्तपुर बजारभन्दा पनि ठुलो होला जस्तो लाग्छ, उनलाई । डिभी परेपछि पढ्दापढ्दै विरामी आमालाई छाडेर अमेरिका पुगेको छिमेकी अनोज जस्तै उनलाई पनि अमेरिकाको मोह छ । उनले बुझेकी छे– अनोजकी आमाले छोरालाई हुर्काएदेखी छोरा टाढा हुँदा समयमै औंषधि खान नपाएर छट्पटाउदा पीडा । तैपनि उनलाई त्यो बसन्तपुर बजारभन्दा पनि ठुलो शहरमा जाने ईच्छा छ ।

यि सुजता र नारायण त एउटा पात्र मात्र हुन् यस्ता सपना बुन्नेहरु लाखौं छन् यो देशमा । दैनिक १५ सय युवाहरु आफ्नोपनलाई छातिमा राखेर विदेसिन्छन् । अहिले खाडी जानेभन्दा युरोप र अमेरिकाको मोह धेरै छ युवामा । उनीहरु युरोपमा केही बर्ष बसी उतैको नागरिक बन्न चाहन्छन्, र विर्सन्छन् गाँउमा संगै गोरु नारेका साथीहरुलाई । १६ घण्टाको लोडसेडिङ, देखी नाताबाद र कृपावादमा टिकेको यो कर्मचारीतन्त्रको घुषखोरी मुलुकलाई र भन्नपछि पर्दैनन् म अमेरीकी हुँ ।

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा अर्थात इडिभी यो भिसामार्फत अमेरिकाको नागरिक हुनका लागि सजिलो हने भएकाले पनि देशमा रहेक एक तिहाईले भर्छन् अमेरिकाको नागरिक बन्नका लागी । नेता, अभिनेता देखी सबै विभिन्न माध्यमहुँदै अमेरिका पुग्छन् र लुकाएर राख्न् नेपालीपन् । अनि हात जोड्दै भन्छन् ‘हजुर मलाई यो देशको नागरिक बनादेउँ, मलाई पीआर दिनुस् ।’

मेरो गरिबीले मलाई कहिल्यैपनि कतार जाने लाईनमा घन्टौं नकुराओस् म यो चाहन्छु । मेरो गरिबी र अभावले नधेगेसम्म मात्रै हो म यो देशमा राष्ट्रिय गीत गाएर बस्ने, होईन भने मैले पनि ‘भाइसायप म आपके शरणमा हुँ, भन्ने दिन नआउला भन्न सकिन्न ।

मैले कहिल्यैपनि ईडीभी भरिन, अझै भनौं राष्ट्रत्यागको राजिनामामा हस्ताक्षर गरिन् । मलाई भने यि कुराहरुले कहिल्यै पनि छोएन । गाँउको डाक्टर पढेको जीवन जापान गयो, साईन्स पढेको पवन अमेरिका गयो, मनोज बहराईन जाने तर्खरमा छ तर म भने यहि १६ घण्टे लोडसेडिङ भएको मेरो प्यारो नेपाल भन्दै यहि बसेको छु ।

मेरो गरिबीले मलाई कहिल्यैपनि कतार जाने लाईनमा घन्टौं नकुराओस् म यो चाहन्छु । मेरो गरिबी र अभावले नधेगेसम्म मात्रै हो म यो देशमा राष्ट्रिय गीत गाएर बस्ने, होईन भने मैले पनि ‘भाइसायप म आपके शरणमा हुँ, भन्ने दिन नआउला भन्न सकिन्न ।
अहिले देशमा पढाईने शिक्षा साईन स्क्वायर ठिटा माइनस कस स्वाएर ठिटा बराबर १ भन्ने शुत्र पढाएर कुनै अर्थ छैन् । सरकारले त अव लोडसेडिङ सामना कसरी गर्नुपर्छ, धारामा पानी नआए यसरी प्राण धान्नुपर्छ, स्कुल कलेज र बोटो बन्द भए यसरी प्रतिकार गर्नुपर्छ भनेर सिकाए बरु ब्यावाहारिक शिक्षा हुन्थ्यो । होईन भने यो देशमा पढेका बुद्धिजीवि र बिद्धवानहरु कि त अमेरिकालाई काम लागेको छ, किन जापानलाई नै । यो देशमा त बुढापाका देश चलाउछन् युवाहरु खाडीमा रमाउछन् ।

सरकारले त अव लोडसेडिङ सामना कसरी गर्नुपर्छ, धारामा पानी नआए यसरी प्राण धान्नुपर्छ, स्कुल कलेज र बोटो बन्द भए यसरी प्रतिकार गर्नुपर्छ भनेर सिकाए बरु ब्यावाहारिक शिक्षा हुन्थ्यो । होईन भने यो देशमा पढेका बुद्धिजिवी र बिद्धवानहरु कि त अमेरिकालाई काम लागेको छ, किन जापानलाई नै । यो देशमा त बुढापाका देश चलाउछन् युवाहरु खाडीमा रमाउछन् ।

म केही समय अगाडी काठमाडौं जादा देखेको लाईन पेट्रोल नपाएर पम्पमा कुरेको सवारीको भन्दापनि लामो थिए, यसपल्ट उनीहरु त्या लाईनमा थिएनन् । यसपटक त मलेसिया जानका लागी क्रमवद्ध भएर बसेका थिए । सानोमा स्कुलमा लाईनकभर हुँदा कहिल्यै सोझा लाईनमा बस्न नजान्नेहरुपनि मलेसियामा जानका लागी सिधा भएजस्ता देखिन्थे । मलेसियामा ‘भान्सा सहयोगी’ का लागी रोजगारीको अवसर आउदा समेत हजारौंबाट नेपालीलाई छानी छानी लान लागेको देखेर मलाई नेपाली हुनुको पीडाले पोल्छ ।

देशमा जती नै ठुलो विपत्ति आए पनि राज्य भएको महसुस गर्न नपाउने जनतामध्ये म पनि एक हो । हिन्दी, नेपाली र अंग्रेजी भाषा बाहेकका अन्य भाषा नबुझ्ने मैले १५ राष्ट्रका सपना देखिसकेको छु । फेरि पनि मन भने नेपाली भाषामा अडिन्छ । मेरो चाहना पनि यत्तिमा अडिने हो, सरकार मलाई तिम्रो देशमा बस्ने वातावरण बनाईदेउ…. ।