२९ आश्विन २०८३, बिहिबार

नेताले जनताको मनमा कहिले घर बनाउने?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार चितवनस्थित आफ्नै नयाँ घरमा सरे। काठमाडौंमा शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्दै आएका दाहाल चुनाव नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा निर्मित एकतले घरमा बाजा बजाउँदै सरेका हुन्।

मंसिर ४ को चुनावमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका पूर्वप्रधानमन्त्री दाहालको यो नयाँ घरलाई कतिपयले ‘चुनावी घर’को संज्ञासमेत दिएका छन्। मतदातामाझ स्थानीय भएको देखाउन विगतमा पनि यस्ता घरहरू निर्माण हुँदै आएको जानकारहरू बताउँछन्।

समाजशास्त्री टीकाराम गौतम चुनावको समयमा आफू पनि स्थानीय नै हो भन्ने प्रभाव पार्न नेताले निर्वाचन क्षेत्रमा घर निर्माण गरेको ठान्छन्। ‘चुनावताका मतदातामाझ स्थानीयताको लाभ लिन यस्ता घरहरू बन्ने गर्छन्,’ उनले भने, ‘म यहीँको हुँ, यहाँबाट टाढा जान्न भन्ने सन्देश दिने प्रयास हो यो।’  आजको नागरिक दैनिकमा खबर छ ।