आज हामी सबै दुःखमा छौँ । कतिपय नेपालीको बस्ने बास छैन। कतिको उपचार नपाएर ज्यान जाँदैछ त कतिको ज्यान गइसक्यो कति ज्यानले ज्यानको भिख मागी रहेका छन । नेपाल सरकारले गरेको सहयोग पनि धेरै चित बुझ्दो त छैन् । तर पनि ती पुलिस आर्मीले आफ्नो ज्यानको बाजी लगाएर उद्दार कार्यमा लागेको सराहनीय छ नेपाल सरकारका कर्मचारीहरू पनि आफ्नो ठाउँबाट लागिरहेका छन् । यद्यपि पनि सरकारले जति गर्नुपर्ने थियो, त्यति गर्न सकेन कि जस्तो लागि रहेको छ।
आङकाजी त भूकम्पमा परेर केही भए की शंका लाग्न थालिसक्यो। हिजो नेपाल र नेपालीका लागि ज्यान दिन्छौँ भन्नेहरू तिनी नेपालीले ज्यानको भिख मागिरहँदा किन गुमनाम छन् ? एउटा त्रिपाल दिन नसक्नेले जातीय राज्य दिन्छु भन्दै हिँड्न लाज लाग्दैन ?
बिदेशी सहयोगहरू पनि आएका छन्, त्यसलाई सरकारले कसरी व्यबस्थित रूपले बितरण गर्छ हेर्न बाँकी नै छ । यति हुँदाहुँदै पनि यस्तो बेलामा खास मान्छेहरूको याद आउँदो रहेछ । आज मैले एउटा पाटीको मात्र नभएर ३० दलको नै नेतृत्व गरेका नेता अर्थात ३० दलीय मोर्चाका नेता पुष्पकमल दाहाललाई सम्झिएँ । यतिखेर ३० दलीय मोर्चा कहाँ के गर्दै छ होला । ३० दलीय मोर्चाका केही नेताको बाहेक अरूको नाम पनि सुन्न गाह्रो भएको छ । किन ? उनीहलाई यो भूकम्पले न छोएको नै हो त । आज धेरैको चासोको बिषय बनेको छ। हिजो जातियताको चर्को कुरा गर्ने अशोक राई कता के गर्दैछन् ? सायद आङकाजी त भूकम्पमा परेर केही भएकी शंका लाग्न थालिसक्यो। हिजो नेपाल र नेपालीका लागि ज्यान दिन्छौँ भन्नेहरू तिनी नेपालीले ज्यानको भिख मागिरहँदा किन गुमनाम छन् ? हिजो तिनै जनताको लागि भनेर सामान्य समयमा हप्ता दिनसम्म पनि नेपाल बन्द गरेर सताउनेहरू तिनै जनताले एक छाक खाना देऊ भन्दा कता हराइरहेका छन् ? किन अहिले जनता जनता भनेर बोल्न सकिरहेका छैनन ? कि त्यो ३० दलीय मोर्चा बिघठन भइसक्यो ? हिजो जातिय राज्य दिन्छु भन्दै कराउने अशोक राई, आङकाजीहरूले अरूलाई त केही गर्दैनन् थाहा छ । तर तिमीहरूले भनेको भाषामा भन्नु पथ्र्यो, राज्यबाट पेलिएका अपहेलित भएका कति जनजातिहरूको अबस्था कस्तो छ थाहा छ? तिमीहरू उनीहरूको यो अबस्थामा किन केही बोल्दैनौ ? यस्तो अबस्थामा एउटा त्रिपाल दिन नसक्नेले जातीय राज्य दिन्छु भन्दै हिँड्न लाज लाग्दैन ?
एक मधेस एक प्रदेशको नारा लगाउने मधेधवादी दलको कुरा नगरौँ किनकी मधेसमा धेरै नोक्सान भएको छैन् । यिनीहरूले मधेस भन्दा बाहिरको पनि हामी नेता हौँ भन्ने कुरा भुलिसकेका छन्। मधेश, पहाड र हिमाल एउटै हो । यो सबै मिलेमात्र देशमा बिकास हुन्छ, अमनचयन हुन्छ भन्ने कुरा पनि भुलिसके । भलै केही मधेशवादी दलका नेता तथा कार्यकर्ता सहयोग कार्यमा जुटेका छन् यो खुसीको कुरा हो।
हिजो सडकमा आन्दोलन गर्न पाँच लाख मान्छे उतार्छौ भन्ने प्रचण्डले कहाँ कहाँ उद्दार कार्यमा कति मान्छे उतारे ? त्यो हामी सबैले देखेको कुरा हो । हिजो संविधानसभाको हलमा तोड्फोड गर्न पनि पछि नपर्नेहरू कहाँ कहाँ के गर्दै छन ? यतिखेर नेपाली जनताले नियालि रहेका छन्। एउटा त्रिपाल पनि दिन नसक्ने, भोको पेटलाई एक गास खान दिन पनि नसक्ने अशोक राईहरूलाई जातिय राज्य दिन्छु भन्न अलि कति शरम लाग्दैन ? यो आपतकालिन अबस्थामा गुमनाम भएको ३० दलीय मोर्चा के साँच्चिकै बिधिवत रूपले अन्त्य भएको नै हो त ?














प्रतिक्रिया