काठमाडौं, २५ वैशाख । गन्तव्यमा गइरहेको पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रवार पाकिस्तानबाट राजधानीतर्फ गइरहेको हेलिकोप्टर उत्तरी पाकिस्तानको एक स्कूलमा दुर्घटना हुँदा फिलीपिन्स र नर्वेका राजदूतसहित ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका बाँकी चार जनामा होलिकोप्टर चालक दलका सदस्य र राजदुतका श्रीमती रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानको आर्मीका प्रवक्ताले बताए अनुसार हेलिकोप्टरमा ११ विदेशी सहित ६ पाकिस्तानी गरी १७ जना यात्रु सवार थिए । बाँकी ११ जना मध्ये ३ जना गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको छ ।
इन्जिनमा खराबी आएपछि स्कुलको मैदानमा खसेको हेलिकोप्टरमा आगो लागेको थियो । एजेन्सी















प्रतिक्रिया