३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई आइएमई ग्रुपको साढे दुई करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k|wfgdGqL /fxft tyf påf/ sf]ifdf @ s/f]8 %) nfv ?k}ofF ;xof]usf] /sd k|wfgdGqL ;'lzn sf]O/fnfnfO{ x:tfGt/0f ub{} Unf]jn cfOPdO{sf cWoIf rGb|k|;fb 9sfn . tl:j/ M Ps/fh kf7s÷/f;;काठमाडौँ, २५ वैशाख । आइएमई लि र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि रु दुई करोड ५० लाख प्रदान गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गर्नुभयो । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिको उद्धारका साथै पीडितलाई सहायता उपलब्ध गराउन र पुनःनिर्माणका लागि सो रकम उपलब्ध गराइएको आइएमईले जनाएको छ ।

भूकम्पपीडितका लागि आइएमई लि र ग्लोबल आइएमई बैंकले यसअघि पनि सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप, रसुवा, ललितपुर, काठमाडौँ र मकवानपुरमा खाद्यान्नलगायत राहत सामग्री पनि वितरण गरिसकेका छन् । रासस