३ कार्तिक २०८३, मंगलबार

काठमाडौं महानगरकी उपप्रमुख डंगोलको नेतृत्वमा बजार अनुगमन तीव्र (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवम् महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार काठमाडौंका बिभिन्न स्थानमा पुगेर बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान थापाथलीको सुपथ विक्री कक्षमा विक्री कक्षलगायतको अनुगमन गरेको थियो ।

त्यस्तै टोलीले कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्षमा ध्यान दिन सुझाव दिएको थियो ।

अनुगमनपछि महानगरकी उपप्रमुख डंगोलले, बजारमा गलत गर्ने सबैलाई कारवाही गरिने स्पष्ट पारिन् । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने उनको भनाई छ ।

उनले चाडपर्वपछि पनि निरन्तर अनुगमन हुने जानकारी दिएकी छिन् ।