३ कार्तिक २०८३, मंगलबार

आम निर्वाचन २०७९ : निर्वाचन आयोगद्वारा देशभर १० हजार ८९१ मतदानस्थल कायम (सूचीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १० हजार ८९१ वटा मतदानस्थल कायम गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै दिएको जानकारी अनुसार कायम गरिएका मतदानस्थलमा २२ हजार २२६ वटा मतदान केन्द्र रहने छन् ।

आयोगका अनुसार आसन्न निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुँदै छन् ।

कहाँ–कहाँ छ मतदानस्थल ? हेर्नुहोस् सूची–