
काठमाडौं, ११ असोज । भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन् ।
सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन उनी आज काठमाडौं आएका हुन् ।
सीमा सुरक्षा समन्वय समितिको बैठक आज मंगलबारदेखि काठमाडौंमा सुरू हुँदै छ । बैठकमा नेपाली टोली नेतृत्व सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ) का प्रमुख राजु अर्यालले गर्नेछन् ।
दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सीमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ ।















प्रतिक्रिया