३ कार्तिक २०८३, मंगलबार

नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेपाली राष्ट्रिय फुटबल टीमले दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध आज मैत्रीपूर्ण खेल खेल्दैछ ।

महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने - Dhangadhi Khabar

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेशनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुने छ ।

बंगलादेशविरुद्धको ‘हेड टू हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।