मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता

दैनिक नेपाल २०७९ असोज १० गते १९:५४

मलेसिया, १० असोज । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताएका हुन् ।

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनले बताए । सो अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको जानकारी दिएका छन् ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित