२९ आश्विन २०८३, बिहिबार

चर्चित बैंकर गुरुङको ‘मनको भारी’ सार्वजनिक (भिडियो सहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

काठमाडौं, १० असोज । चर्चित बैंकर गोविन्द गुरुङको ‘मनको भारी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार टुवे्ल नोट नामक यूटुव च्यानलबाट गुरुङको ‘मनको भारी’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गुरुङले आमाको मायालाई म्युजिक भिडियोमार्फत देखाउन खोजिएको बताएका छन् । ‘जाबो दुई गाँस तातो भात पनि सुख सँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर । बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु !’ भन्ने शब्दले प्ररित भएर गीतको शब्द फुरेको गुरुङको भनाइ छ । उनले आमदर्शकहरुले ‘मनको भारी’ लाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।

गुरुङको ‘मनको भारी’ भारीमा उनकै स्वर रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोमा कविता आले, जिवन भट्टराई, लक्ष्मी बर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चर्चित बैंकर गुरुङ हाल म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओको रुपमा कार्यरत रहेका छन् । गुरुङ यसअघि सिभिल बैंकको सिइओ थिए । गुरुङसंग मेगा बैंक, ग्लोबल आइएमई बैंक, हिमालय बैंकमा काम गरेको अनुभव रहेको छ । बैंकर गुरुङको यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक भइसकेको छ ।

हेर्नुहोस् गुरुङको मनको भारी