२९ आश्विन २०८३, बिहिबार

सेनाको कारबाहीमा हतियार बोकेका २१ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sena-pakistan
फाइल तस्वीर

अरिस, २५ वैशाख । इजिप्टको सिनाई प्रान्तमा बुधबार इजिप्टको सेनाले गरेको कारबाहीका क्रममा २१ जना हतियारधारी मारिएका छन् ।

सिनाई प्रान्तको रफाह सीमा क्षेत्रमा सो कारबाही गरिएको थियो । कारबाहीमा परी ती हतियारधारी मारिएको इजिप्टको सेनाले जानकारी दिएको छ । सो क्षेत्रमा अल कायदासँग आवद्ध अन्स बायत अल माकदिसले विगतदेखि नै सशस्त्र हमला गर्ने गरेका छन् । यस पटक पनि मारिनेमा सोही समूहका विद्रोही परेका सरकारले जनाएको छ ।

सो क्षेत्रमा इजिप्टको सैनिकले लामो समयदेखि खोजी अभियान सञ्चालन गर्दै आएको थियो । सो खोजीकै क्रममा ती हतियारधरी मारिएको समाचारमा जनाइएको छ । रासस/एएफपी