२९ आश्विन २०८३, बिहिबार

कोरोना अपडेट : थप ५१ जनाका संक्रमण पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ६ पिसिआर परिक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन । त्यस्तै थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।