काठमाडौं, २५ बैशाख । कुखुराको मासु प्रयोगकर्तालाइ खुशीको खबर छ । शुक्रवार कुखुराको मासुको मुल्य स्वाट्टै घटेको छ । विहीबार प्रति किलो २ सय ५० रुपैयाँ कायम रहेको मासुको मुल्य शुक्रवार दुई सयमा झरेको हो ।
भूकम्प पछि महामारी फैलने डरले मासु कम प्रयोग हुन थालेपछि व्यवसायीहरुले मुल्य घटाएका हुन् । ब्यवसाय नै चौपट बन्न लागेपछि मासुको मूल्य घटाइएको व्यवसायीहरु बताउँछन् । उनीहरुले पत्रिकामा समेत सूचना निकालेर मासुको मुल्यवारे जानकारी दिएका छन् ।
भूकम्पको त्रासले काठमाण्डौबासी बाहिरिएपछि मासुको व्यवसायमा थप गिरावट आएको छ । काठमाण्डौमा उत्पादन भए अनुसार कुखुराको पासु खपत नभए पछि आफुहरु मूल्य घटाउन बाध्य भएको व्यवसायी बताउछन् । सामान्य अवस्थामा मासुको कारोवार प्रति किलो तीन सय रुपैयाँमा हुँदै आएको थियो ।
















प्रतिक्रिया