२९ आश्विन २०८३, बिहिबार

‘एमालेकै पालामा रेल र राजमार्ग अगाडि बढ्यो’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारले रेल र हुलाकी राजमार्गको काम द्रुत गतिमा अगाडि बढाएको बताएका छन्। पार्टी प्रवेश कार्यक्रममा आएका ओलीले जनकपुरधामबाट–महिनाथपुरसम्मको रेलको यात्रा गर्दै रेलको काम र हुलाकी राजमार्गको काम आफ्नै पालामा द्रुत गतिमा अगाडि बढाउन लागेको बताएका हुन्।

शनिबार धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा आयोजित पार्टीको बृहत् जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले भने, ‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं। खुसी नलाग्ने कुरै भएन। यो अत्यन्तै खुसीको कुरा हो। यो हाम्रो रेल हो। त्यसैले धेरै खुसी छु।’ अध्यक्ष ओलीले एमाले सरकार बनेपछि मात्र यस्तो विकासका नमुनाहरूले देशमा गति लिएको दाबी गरे।

‘हामीले हुलाकी राजमार्ग बनायौं। कोसी मरिन डाइभर्सन बनायौं,’ ओलीले भने, ‘अहिले १ लाख ८५ हजार मधेसको जमिन सिचाइँमा सदुपयोग भइरहेको छ। देशले यो सबै उपलब्धि एमालेकै सरकारको पालामा पाएको हो।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।