
काठमाडौं, ६ असोज । एकमात्र ब्याज दिने मोबाइल वालेट आईएमई–पेले यो महिनादेखि आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ ।
साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाइल वालेटमा आईएमई–पेमार्फत पाउन सक्ने कम्पनीको भनाइ छ । प्रयोगकर्ताहरूले आफ्नो वालेट एपमा रू. एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने छन् ।
आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने कम्पनीको भनाइ छ ।
साथै ग्राहकले यस दशैँ, तिहार र छठको अवसरमा आईएमई–पे डिजिटल दशैँ तिहार २०७९ अभियानअन्तर्गत आईएमई–पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई–स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरका साथै अन्य धेरै उपहारहरू जित्ने मौका पाउने छन् ।















प्रतिक्रिया