३ कार्तिक २०८३, मंगलबार

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर चल्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

आज बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेका थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको बताएको छ ।