३ कार्तिक २०८३, मंगलबार

मकवानपुरको जुरीखेतमा बस दुर्घटना, ६ जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ असोज । मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनि बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान खुलेको छैन् । गम्भीर घाइतेहरूलाई अवस्था अनुसार काठमाडौ र हेटौंडा पठाइएको छ ।

दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको अनुमान छ ।