३ कार्तिक २०८३, मंगलबार

सभामुख अग्नी सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । पदावधि सकिएको प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

संसदको पदावधि सकिएपछि पनि सभामुखले संविधान उल्लंघन गरेर पदमा बसिरहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख  र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको छ ।