
काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा भएको भीषण आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।
बुधबार बेलुकी ७ बजे कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । तर, मृतकको पहिचान भने खुलिसकेको छैन ।
आगलागीमा परी घाइते भएका अन्य व्यक्तिहरूलाई टिचिङ अस्पतालमा पुर्याइएको छ ।
ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया