३ कार्तिक २०८३, मंगलबार

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।

हिमालय एयरलाइन्सको उडानबाट आज दिउँसो दुबईदेखि काठमाडौँ आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एकरएक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।