३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिको निर्णय राष्ट्रहित छ, संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ: कमल थापा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति भण्डारी र कमल थापा बिच भेटवार्ता – SajhaPana

काठमाडौं, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय राष्ट्रहित अनुकुल रहेको बताएका छन् ।

थापाले प्रादेशिक पहिचान सहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक रहेको बताएका हुन् ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले राष्ट्रपति भण्डारीले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

अध्यक्ष थापाले भनेका छन्ः

प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।