
काठमाडौं, ४ असोज । पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आज पनि सीट बाँडफाँटको टुङ्गो लगाउन सकेन ।
सीट बाँडफाँटबारे सहमति गर्न आज मात्रै दुई पटक गठबन्धन दलहरूको बैठक बस्यो, तर दुई वटै बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।
आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका नेताहरू आजै साँझ पनि करिब ३ घण्टा बैठक बसेका थिए ।
यद्यपि, आजको बैठकमा दलहरूले सीट सङ्ख्याको आ–आफ्नो दाबीलाई केही लचक बनाएको बताइएको छ ।
बैठक पुनः भोलि बस्ने छ ।















प्रतिक्रिया