
काठमाडौं, ४ असोज । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सर्लाहीका लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।
मोहम्मदमाथि सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा सोमबार राति नै मृत्यु भएको थियो ।
हत्यामा संलग्नहरूलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।















प्रतिक्रिया