
काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले तीव्र रूपमा फैलिरहेको डेंगी नियन्त्रणमा वर्तमान सरकारको पर्याप्त ध्यान र प्राथमिकता नपुगेको बताएका छन् ।
सत्तारुढ प्रमुख दलका नेता समेत रहेका थापाले सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
आज मंगलबारदेखि काठमाडौंमा शुरू भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामान्त्री थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताएका छन् ।
कोरोना महामारीबाट सिकेको पाठलाई सरकारले अहिले प्रयोग गर्नुपर्ने भए पनि त्यसो हुन नसकिरहेको उनको भनाइ छ ।















प्रतिक्रिया