३ कार्तिक २०८३, मंगलबार

अचानक लाँकुरी भञ्ज्याङ पुगे एमाले अध्यक्ष ओली (भिडिओ)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अचानक ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।

राजनीतिक व्यस्तताकाबीच उनी आज लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।

केही सोच्ने कुरा, चिन्तन मनन गर्ने कुरा, स्वच्छ वातावरण प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजनाहरु बनाउनका लागि आफू लाँकुरी भञ्ज्याङ पुगेको ओलीले बताएका छन् ।

‘मैले अचानक नै सोचेको हुँ, आज धेरै सिरियस काम रहेन,’ लाकुरी भञ्ज्याङ पुगेर ओलीले भने, ‘काम नरहेका बेला फेरि अर्को प्रकृतिको सिरियस काम गरिहालौँ न त भनेर यहाँ आएको हुँ ।’

कहिलेकाहीँ फुर्सद निकाल्नुपर्ने भन्दै उनले चाह्यो भने समय निकाल्न सकिने पनि बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम सकिए पनि प्रत्यक्षतर्फको उम्मेदवारको काम टुङ्ग्याउन बाँकी रहीरहेका बेला ओली प्रकृतिसँग आनन्द लिन लाकुरी भञ्ज्याङ पुगेका हुन् ।

हेर्नुहोस् भिडियो–