
काभ्रेपलाञ्चोक, ४ असोज । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ ।
एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण एशियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ ।
कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा वृहत छलफल हुनेछ ।
कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, अफ्गानिस्तान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्यूनिकेशनको उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटलाइट स्पेसमा कार्यरत हङ्कङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको छ ।















प्रतिक्रिया