
काठमाडौं, ४ असोज । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी भएको छ ।
अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं ल्याउन लागिएको बताइएको छ ।
अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिदै आएका छन् । यद्यपि उनले सहजै नमाने जबरजस्ती काठमाडौं ल्याइने सरकारको तयारी छ ।
डा. केसीको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ ।
केसीलाई लिन नेपाली सेनाको स्काइ ट्रक धनगढी पुगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका छन् ।















प्रतिक्रिया