२९ आश्विन २०८३, बिहिबार

घटेन विदेशमा ज्यान गुमाउनेको संख्या ,वैदेशिक रोजगारीको पीडा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। सरकारले मृत्युदरलाई कम गर्न सकेको छैन। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४ सय ९२ नेपालीको मृत्यु विदेशमा भएको छ। यो पछिल्ला वर्षहरू भन्दा धेरै हो। कोभिड कालका २ वर्षमा विदेश जानेर मृत्यु हुने नेपालीको संख्या केही कम भए पनि अन्य वर्षमा सधैं बढेको देखिएको छ।

बोर्डका उपसचिव दिपक ढकालले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु प्रत्येक वर्ष बढ्दै गएको जानकारी दिए। ढकालले विदेश जाने नेपालीको संख्या प्रत्येक वर्ष बढिरहे जस्तै मृत्यु हुनेहरू पनि बढेको बताए। बोर्डको तथ्यांक अनुसार आव २०७६–२०७७ मा ६ सय ७२ जना नेपाली कामदारको विदेशमा मृत्यु भएको थियो। आव ०७७÷०७८ मा यो संख्या एक हजार २ सय ४३ पुगेको छ। यो आर्थिक वर्षमा नेपाली कामदारको मृत्यु संख्या एकै वर्षमा दोब्बर भएको देखिन्छ। गत आवमा पनि मृत्यु हुनेको संख्या बढेको छ।

बोर्डका अनुसार गत आव २०७८–७९ मा मृत्यु हुनेको संख्या अघिल्लो वर्ष भन्दा २ सय ४९ जनाले धेरै छ। वैदेशिकरोजगारीको क्रममा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु मलेसियामा भएको देखिन्छ। ६ वर्ष यता मात्रै मलेसियामा २ हजार १ सय ५३ जना नेपाली कामदारको मृत्यु भएको जानकारी ढकालले दिए। विदेशमा नेपालीहरूको मृत्यु हुनुमा सडक दुर्घटना, आत्महत्या, औद्योगिक दुर्घटना, आपसी झै–झगडालगायतका कारण देखिएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।