
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा सदस्य रहेका नेता मनिष झा पूर्वसञ्चारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
झा स्वतन्त्र पार्टीबाट मधेशी कोटाको समानुपातिक उम्मेदवार बनेका हुन् । पार्टीले उनलाई उक्त कोटाको पहिलो नम्बरमा राखेको बताइएको छ ।
झाले यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टी महामन्त्री गगन थापासँगै रहेर घोषणापत्र मस्यौदाको काम गरेका थिए ।
झा फ्याक्ट नेपालका संस्थापक तथा सीईओ हुन् । यसअघि उनी ‘गरी खान देउ’नामको अभियानमा पनि जोडिएका थिए ।















प्रतिक्रिया