
काठमाडौं, ३ असोज । काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद दर्जीको उपचारकै क्रममा मृत्यु भएको हो ।
सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको छ । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ । https://www.youtube.com/watch?v=HLc-cqfy0X0
गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।















प्रतिक्रिया